विश्वकपको उपाधि नजिते सन्यास लिने मेस्सीको घोषणा

एजेन्सी । विश्वकपको उपाधि नजिते राष्ट्रिय टिमबाट सन्यास लिने अर्जेन्टिनाका स्टार लियोन मेस्सीले घोषणा गरेका छन्।

ला कोनिसासँगको एक अन्तर्वार्तामा बोल्दै उनले भनेका छन्, ‘यदि हामीले रसियामा हुने विश्वकपको उपाधि जिताउन सकेनौँ भने राष्ट्रिय टिमबाट अलग हुनु उचित हुन्छ।’

Advertisement

अर्जेन्टिना क्लबबाट मेस्सीले धेरैजसो अन्तर्राष्ट्रिय उपाधि जिते पनि राष्ट्रिय टिमका लागि भने अहिलेसम्म कुनै पनि महत्वपूर्ण उपाधि हात पार्न सकेका छैनन्। रसियामा हुने विश्वकपमा समूह डी मा अर्जेन्टिनाले आइल्यान्ड, क्रोएसिया र नाइजेरियासँग भिड्नेछ।

सन् २०१४ को विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फाइनल खेलमा जर्मनीसँग १(० ले पराजित भएको थियो।

यसअघि २०१६ मा कोपा अमेरिकाको फाइनलमा चिलिसँग पराजित भएपछि मेस्सीले अप्रत्याशित रुपमा सन्यासको घोषणा गरेपनि दुई महिनापछि उनले आफ्नो घोषणालाई फिर्ता लिँदै क्लवमा फर्किएका थिए।

More News last news
Loading...