वान डे मान्यता पाएको नेपाली क्रिकेट टिम आज नेपाल आउँदै

काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेट खेल्न जिम्बावे गएको नेपाली क्रिकेट टोली सोमबार साँझ ५ः५५ बजे त्रिभुवन विमास्थलमा आइपुग्ने भएको छ।

विश्वकप क्रिकेट छनोट अन्तर्गत दुई खेल जितेको नेपालले क्रिकेट इतिहासमा सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको छ। नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको छ।

Advertisement

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो। सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा रहन सफल भएको हो।

More News last news
Loading...