बौद्ध धर्मको एक सम्प्रदायका प्रमुख भनिँदै आएका एक तिब्बती लामाले बाल्यकालदेखिकी भुटानी केटी साथीसँग विवाह गरेको घोषणा गर्दै अनुयायीहरुलाई अचम्मित तुल्याइदिएका छन्।
बाल्यकालदेखि नै कर्मापा लामाका अवतार भनिँदै आएका थाये दोर्जेले आफ्नो बाल्यकालदेखिकी केटी साथी रिन्चेन योङजोमसँग विवाह गरेका हुन् ।
भारतमा प्रवासी जीवन बिताइरहेका थाये दोर्जेले विवाह गरेपनि आफ्नो आध्यात्मिक भूमिका अन्तर्गतका कर्महरु गरी राख्ने बताएका छन्।
कर्मापा तिब्बती बौद्ध धर्मको काग्युपा संप्रदायका प्रमुख लामा हुन्।

थाये दोर्जे चाहिँ आफूलाई कर्मापा लामाको अवतार मान्ने दुई तिब्बती बौद्ध भिक्षु मध्येका एक हुन्।
कर्मापा डट आओजी वेबसाइटमार्फत दिइएको जानकारी अनुसार थाये दोर्जेले गत जनवरी १७ तारिखमा तिब्बती परम्पराअनुसार रिन्चेन याङ्जोमलाई विवाहको प्रस्ताव राखेका थिए।
त्यसपछि तिब्बती परम्परा अनुसार उनीहरुको गत मार्च २५ तारिखमा नजिकका परिवारजनको उपस्थितिमा विवाह भएको उल्लेख गरिएको छ।
बौद्ध धर्मको एक संप्रदायका प्रमुख भनिँदै आएका तिब्बती लामा थाये दोर्जेले बाल्यकालदेखिकी भुटानी केटी साथी रिन्चेन योङजोमसँग विवाह गरेर अनुयायीहरुलाई अचम्मित तुल्याइदिएका छन्।
विवाह थाये दोर्जेको दिल्लीस्थित पारिवारिक निवासमा भएको बताइएको छ।
बेहुली रिन्चेन योङजोमको जन्म भुटानको पारोमा भएको र शिक्षादीक्षा भारतको दिल्ली र युरोपमा भएको बताइएको छ।
थाये दोर्जे र रिन्चेन याङजोम भारतको बोधगयामा डिसेम्बर महिनामा हुने काग्यु मोन्लाम पुजाको बेला पहिलो पटक सार्वजनिक हुने कार्यक्रम रहेको पनि जनाइएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
