तरुण दलले सातै प्रदेशमा भेला गर्ने, प्रदेश नं ४ मा वैशाख ६ र ७ गते

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ।

दलले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो।

Advertisement

दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए।

प्रशिक्षण प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७ को वैशाख १५ र १६ गते डडेल्धुरामा हुने महासचिव शाहीले बताए।

प्रशिक्षणमा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय पार्षदको सहभागिता हुने तरुण दलले जनाएको छ।

More News last news
Loading...