आईसीसीले नेपाली भाषमै गर्यो सन्दीपको सन्देश, सन्दीपले के भने (भिडियो)

काठमाडौँ । नेपालका सन्दीप लामिछानेको सन्देश आईसीसीले सार्वजनिक गरेको छ।

नेपालीमा ‘नमस्कार नेपाल’ लेखेर पोस्ट गरिएको भिडियोमा सन्दीपले नेपालीबाट नै नेपाली क्रिकेटलाई माया गरेकामा सबैलाई धन्यवाद दिएका छन्।

Advertisement

“मेरो यात्रा अहिलेसम्म एकदमै सुखद भएको छ । यति राम्रो लेजेन्डहरुसँग खेल्न पाउँदा म एकदमै धेरै खुसी छु।” भिडियो सन्देशमा सन्दीपले भने, “आगामी दिनमा हामीले नेपाली क्रिकेटलाई धेरै नै माथि लिएर जानेछौँ।

तपाईँहरूको माया सधैँ नै रहिरहोस् र आगामी दिनहरूमा पनि हामीलाई यसैगरी साथ दिनुहोला। नेपाली क्रिकेटलाई माया गरिरहनुस् धन्यवाद।”

यसअघि सन्दीपको म्यासेज आईसीसीले अङ्ग्रेजीमा पनि रेकर्ड गराएको थियो । यसरी आईसीसीले आफ्नो मातृभाषामा सन्देश तथा बाईट एकदमै कम मात्र रेकर्ड गराउने गरेको छ।

More News last news
Loading...