साउदी अरब । नेपाली दूताबास रियादले एक दिने निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न गरेको छ।
साउदीमा रहेका नेपालीहरूको स्वास्थ्य प्रति संवेशनशील हुँदै दुताबासले अरबको पूर्बी क्षेत्र जुबेलस्थित एस।ओ।एस कम्पनीको सभाहलमा अन्तरक्रिया कार्यक्रमसहित स्वास्थ्य शिविर राखेको थियो।
शिविरमा एस।ओ।एस कम्पनीमा कार्यरत करिब एक सय नेपालीको स्वास्थ्य परिक्षण गरिएको छ।
स्वास्थ्य परिक्षणका लागि बदर अल खलिज हस्पिटलका चिकित्सक ल्याइएकमो थियो। चिकित्सकका अनुसार त्यहाँ कार्यरत धेरै नेपालीमा मधुमेह (सुगर) को समस्या देखिएको छ।
अन्तरकृया कार्यक्रममा साउदी अरबका लागि नेपाली राजदुत प्रो. डा. महेन्द्र सिंह राजपुत पनि उपस्थित थिए।
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा श्रमिकले समस्याहरू जानकारी गराएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
