पप गायक दुर्गेस थापा र गायिका अमृता लिम्बु जापानको टोकियोमा

जापान । लोकप्रिय लोक तथा पप गायक दुर्गेस थापासँगै पप गायिका अमृता लिम्बु, नायिका तथा गायिका माया गुरुङ्ग मार्च १८ तारिखमा टोकियो स्थित नाकानो जेरो हलमा हुने म्यूजिकल नाईट कार्यक्रमको लागि जापान आइपुगेका छन् ।

सिन्जोउ कर्पोरेसनको आयोजनामा हुन लागेको सिन्जोउ म्यूजिकल नाईट २०१८ को सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिएका छन्।

Advertisement

पप तथा लोक गित मार्फत युवा पुस्तामा लोकप्रिय रहेका दुर्गेस थापा र गायिका अमृता बिहिबारनै टोकियो आइपुगेका थिए।

नायिका तथा गायिका माया गुरुगं शुक्रबार टोकियो आइपुगेको आयोजक संस्थाले जानकारी दिएको छ।

कलाकारहरुलाई भव्य स्वागत गरिएको र म्यूजिकल नाईटलाई भव्य बनाउनेगरि तयारी पुरा भएको सिन्जोउ कर्पोरेशनका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। कार्यक्रममा दुर्गेस थापा, अमृता लिम्बु र माया गुरुगं सहित हाँस्य कलाकार कुमार श्रेष्ठको बेजोड प्रस्तुत रहने भएको छ।

जापानमा नै कर्मथलो बनाउँदै आएका लोकप्रिय हांस्यकलाकार श्रेष्ठसँगै कार्यक्रममा प्रियंका कार्की र संगिता थापाले विभिन्न लोकप्रिय नेपाली गितहरुमा नृत्य प्रस्तुत गर्नेछन्।

डिजे जोन छन्त्यालको म्यूजिकमा कन्सर्टको रुपमा आयोजना हुन लागेको म्यूजिकल नाईट कार्यक्रम साँझ ६ बजेबाट सुरुहुने छ । सामान्य तर्फ तीन हजार येन र स्पेशल टिकटको एक मान येन तोकिएको टिकट ४ सय बढी संख्यामा विक्रि भईसकेको आयोजक संस्थाले जानकारी दिएको छ।

कार्यक्रमस्थलमा समेट टिकट लिन सकिने व्यवस्था मिलाएको बताउँदै आयोजक संस्था सिन्जोउ कर्पोरेशनका प्रमुख उत्तम श्रेष्ठले टिकट लिन बाँकी रहनुभएका सबैलाई ५:३० बजेभित्र उपस्थित हुन अनुरोध समेत गरेका छन्।

More News last news
Loading...