३० वर्षे क्रिकेट इतिहासमा खुल्यो नेपालको नयाँ ढोका

काठमाडौँ । जिम्बावेमा सञ्चालन भइरहेको एकदिवसीय विश्वकप क्रिकेट छनोटमा पपुवा न्युगिनीसँग विजयी भएपछि नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ ढोका खुलेको छ।

अब नेपालले चार वर्षसम्म एकदिवसीय र लिस्ट ए मान्यता पाएका राष्ट्रसँग खेल्न पाउनेछ।

Advertisement

चार वर्षमा नेपालले विश्व क्रिकेट लिग, एसिया कप र इन्टरकन्टिनेन्टल कपजस्ता ठूलो प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछ। यसबीच आइसिसी एकदिवसीय वरीयतामा नेपाल सूचीकृत हुनेछ।

तर, एकदिवसीय मान्यता पाउँदैमा नेपालले अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, पाकिस्तान र न्युजिल्यान्डजस्ता राष्ट्रविरुद्ध खेल्न पाउने होइन।

किनकि, उनीहरू पूर्ण रूपमा टेस्ट मान्यताप्राप्त टिम हुन्। नेपाल एसोसिएटका तर्फबाट एकदिवसीयमा मात्र प्रवेश गरेको छ। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ।

More News last news
Loading...