मलेसियामा जेल सजाय भोगेर नेपाल फर्कन लागेका युवाको मृत्यु

क्वालालम्लपुर । मलेसियाबाट स्वदेश फर्कने तयारीमा रहेका एक युवको मंगलबार मृत्यु भएको छ।

गैरकानुनी अवस्थामा कार्यरत रहेको अभियोगमा करिब ३ महिनाअघि पक्राउ परेका अंगेश तामाङ मलेसियाको जोहोरस्थित पोन्टेनको फिर्ती केन्द्र (डिपोर्टेसन सेन्टर) मा रहेका र अचानक बिरामी भएपछि उपचारकै क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको हो।

Advertisement

दूतावासका द्वितीय सचीव महेश्वर त्रिपाठीका अनुसार तामाङले जेल सजाय पूरा गरिसकेको हुँदा उनी यही मार्च २२ मा स्वदेश फर्केने मिति तय भएको थियो । उनको मृत्युबारे फिर्ती केन्द्रले बुधबार दूतावासलाई जानकारी गराएको हो।

माझीफेदा गाविस, काभ्रे निवासी तामाङको सेप्टी सक र भाइरस इन्फेक्सनका कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ । ‘स्वदेश फर्काउन हवाई टिकट लिने तयारी भइरहेको थियो ।

तर, अचानक उनको मृत्यु भएको खबर आयो’ उनलाई स्वदेश फर्काउन दूतावाससँग समन्वय गर्दै आएका नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका अध्यक्ष पि।टी शेर्पाले भने।

तामाङको शव नेपालमा जिम्मा लिने परिवार वा आफन्तजनबाट आधिरिक मञ्जुरीपत्र आवश्यक पर्छ । उक्त पत्र प्राप्त भएपछि शव पठाइने दूतावासले जनाएको छ।

More News last news
Loading...