काठमाडौं । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट अन्तर्गत प्लेअपको खेलमा अहिले हङकङ र नेदरल्याण्ड खेलिरहेका छन्।
पहिला ब्याटिङ गरेको नेदरल्याण्डले आफ्ना सबै विकेट गुमाउँदै १ सय ७४ रन बनाएको छ। १ सय ७५ रनको विजयी लक्ष्यका साथ हङकङ केहीबेरमा जवाफी ब्याटिङमा उत्रदै छ।
नेपालका लागि हङकङ र नेदरल्याण्डको खेल आज निकै महत्वपूर्ण रहेको छ। आजको खेलमा नेदरल्याण्डले हङकङलाई हराउन सक्यो र नेपालले पपुवा न्यूगिनीलाई हरायो भने नेपालले आजको खेलबाट नै एकदिवसीय मान्यता पाउने छ।
यता नेपाल हारेर उता हङकङले जितेको खण्डमा नेपालको एकदिवसीय मान्यता पाउने सपना अधुरै रहनेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
