विप्लव निकट अखिल क्रान्तिकारीको अध्यक्षमा ढकाल निर्वाचित

काठमाडौं । अखिल नेपाल स्वतन्त्र बिद्यार्थि युनियन (क्रान्तिकारी)को केन्दीय अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित भएका छन्।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको दाङ घोराहीमा सम्पन्न २१ औ राष्ट्रिय सम्मेलनले ढकालको अध्यक्षतामा ५९ सदस्यीय नयाँ केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो।

Advertisement

घनिभूत छलफलपछि ३० बर्षे उमेर हदबन्दी लागु गर्न सफल भएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शुनिल बन्जाडेले जानकारी दिए। उनले ३० बर्षे उमेर हदबन्दी लगाएर नेपालको बिद्यार्थी आन्दोलनमा अखिल क्रान्तिकारीले नयाँ अभ्यास सुरु गरेको बताए।

राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत चयन हुनेमा काठमाडौं युनिभर्सिटीबाट चिन्रन्जीवि ढकाल, नरेन्द्र विक, उपत्यकाबाट शुनिल बन्जाडे, प्रकास अधिकारी लोकेन्द्र बिष्ट र त्रिभुवन युनिभर्सिटीबाट कमल बडुवाल रहेका छन्।

यसैगरी पोखरा युनिभर्सिटीबाट लोकेन्द्र सार्की, पोखरा विश्वविद्यालयबाट पुष्प न्यौपाने, सिटिइभिटीबाट प्रज्वल शाही, विज्ञान तथा प्रविधिबाट प्रकाश चन्द, भवानी ओझा, सुदुर पश्चिम विश्वविद्यालयबाट विरेन्द्र शाह र राप्ती ब्यूरोबाट दाङका हेमन्त जिसी रहेका छन्।

यस्तै महिला जनजातिबाट प्रितिमा चौधरी प्यूठानबाट पदम पोख्रेल, रुकुमका दिपक विष्ट चयन हुनुभएको छ भने नारायणी ब्यूरोबाट मदन केसी प्रलाद गौतम, लुम्बिनीबाट रमेश गैरे, रुपा बुढा मगर, कुलराज बन्जाडे र शहिद स्मृति विद्यालयबाट तेज विक्रम वली रहेका छन्।

यसैगरी भेरीबाट मदन चन्द, प्रेम शाही, भरत रावल, कर्णालीबाट रत्न ओथ, प्रकाश विक, सेतीबाट हर्क विक, झलक विक, विरेन्द्र विक, महाकालीबाट विरेन्द्र, प्रकाश जप्रेल, संकर महरा, गण्डकबाट मिलन राई, काजी गुरुङ, डम्बर विक, धौलागिरीबाट आश गुरुङ, समराज रहेका छन्।

यस्तै पूर्वी ताम्सालिङबाट मुकुन्द श्रेष्ठ, राजकुमार लामिछाने, जनकपुरबाट सविन श्रेष्ठ, सगरमाथाबाट दुर्गा तामाङ, विकास थापा, विकास राई, कोशीबाट नवराज नेपाल, पुष्प न्यौपाने, मेचीबाट राजु दास, गणेश, सञ्जय राई, पश्चिम ताम्सालिङबाट लक्षुराम विक सन्तोषी भट्टराई लगायत ५९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गर्दै आज बिहान सम्मेलन सकिएको हो ।

थप अरु पदाधिकारी केन्द्रीय समितिको बैठकले टुंग्याउने अखिल (क्रान्तिकारी)ले जनाएको छ। अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलन  फागुन २७ गते शुरु भएको थियो।

 

More News last news
Loading...