काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वा पर्सीसम्म मन्त्रिमण्डल विस्तार गर्नेगरि तयारी थालेका छन्। यसको लागि उनले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका हुन्।
प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुवीच यस विषयमा विशेष छलफल भएको स्रोतको दाबी छ।
सरकारमा सहभागी हुने दल संघीय समाजवादी फोरमलाई कुन–कुन मन्त्रालय दिने भन्नेबारे ओली र प्रचण्डबीच आज छलफल भएको बालुवाटार स्रोतले जनाएको हो।
त्यस्तै राजपालाई पनि कसरी सरकारमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा आजको छलफल केन्द्रित भएको थियो।
यसअघि प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिने दलहरुको सम्मानमा बालुवाटारमै चियापानको आयोजना गरेका थिए। त्यस क्रममा फोरम र राजपाका शीर्ष नेताहरुको पनि सहभागिता थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
