झापा । बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
स्रोतका अनुसार ऋद्धिशिद्धी ज्वेलस बिर्तामोडका सञ्चालक पारस देव सहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्ति रहेका छन्।
माओवादीका पूर्व लडाकु पाँचथरको फिदिमबाट गएराति पक्रउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन्।
पक्राउ परेका तीनै जनालाई प्रहरीले सार्वजनिक भने गरेको छैन। गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको छ।
उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङ (मेची राजमार्गको लसुने- अर्यालचोक सडकखण्डको जमुने डाँडा) मा सडकबाट करिब २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
