गणेश तिमिल्सिना राष्ट्रिय सभाको अध्यक्ष निर्वाचित

काठमाडौं । राष्ट्रिय सभाको अध्यक्षमा नेकपा एमालेका सांसद गणेश तिमिल्सिना निर्विरोध निर्वाचित भएका छन् ।

राष्ट्रिय सभाको बुधवार बसेको बैठकमा अध्यक्षता गरेकी जेष्ठ सदस्य तारादेवी भट्टले तिमल्सिनालाई निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

Advertisement

बैठकमा नेकपा एमालेका सांसद खिमलाल भट्टराईले तिमल्सिनालाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।

एमालेका सुमन प्याकुरेल र माओवादीका दीनानाथ शर्माले प्रस्तावको समर्थन गरेका थिए ।

More News last news
Loading...