गर्भपतनको अभियोगमा १५ वर्ष जेल बसेकी महिला रिहा

काठमाडौँ । एल साल्भाडोर, गर्भपतन अहिले भने संसारका कैयन् देशहरुमा यसले वैधता पाएको छ । कतिपय देशहरुमा अहिले पनि महिलाहरुलाई गर्भपतनको अधिकार छैन ।

अमेरिकी प्रायद्विपको एउटा देश एल साल्भाडोरमा भने गर्भपतनको अभियोगमा १५ वर्ष जेल काटेकी एकजना महिला रिहाई भएको समाचारले विश्वका मिडियामा चर्चा पाएको छ ।

Advertisement

उनी हुन माइरा भेरोनिका फिग्यूरोआ । अहिले ३४ वर्ष पुगिन । उनलाई गर्भपतनको आरोपमा ३० वर्षको सजाय सुनाइएको थियो । जेलमा रात दिन गणना हुँदा उनी १५ वर्षमा रिहा भएकी हुन ।

रोमन क्याथोलिकहरुको बाहुल्यता भएको देश हो एल साल्भाडोर, यहाँ गर्भपात पूर्णरुपमा गैर कानुनी छ ।

यद्यपी फिग्यूरोआले भने आफू निर्दोष भएको बताईन सधैंभरि । एउटा घरमा कामदारको रुपमा रहँदा उनको गर्भपतन भएको थियो । अस्पताल पुगेकी उनीलाई जेल हालियो र गर्भपतनको आरोपमा सजाय सुनाइयो ।

उनका बुवा आमा पत्रकार र अभियानकर्ता हुन ।

जेल जीवनले आफ्नो हौसला र आत्मविश्वासमा कुनै कमी नआएको उनले बताईन ।

साल्भाडोरमा कुनै महिलाले गर्भपात गराएमा सजाय हुने मात्र होइन, त्यो क्रममा अस्पताल पुगेमा र अस्पतालका चिकित्सकले त्यो कुरा अधिकारीहरुलाई नबताए उनीहरुलाई समेत जेल सजाय हुने प्रावधान रहेको छ ।

More News last news
Loading...