काठमाडौँ । राष्ट्रपति भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष न्याय परिषद र न्याय सेवाको आर्थिक वर्ष २०७बmउस२–०७बmउस३ को वार्षिक प्रतिवेदन पेस गर्दै कामु प्रधानन्यायाधीश एवम परिषदका अध्यक्ष गोपाल पराजुली।
काठमाडौं ३० फागुन । नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन् । राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ ४ बजेका लागि तय भएको हो।
राष्ट्रपतिलाई प्रधानन्यायाधीद्वारा शपथ ग्रहण गराउने व्यवस्था छ । राष्ट्रपति भण्डारी मंगलबार दोस्रो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । उनको कार्यकाल पाँच वर्षको हुनेछ । प्रधानन्यायाधीश विवादमा तानिएकाले गर्ने की नगर्ने भन्नेमा बहस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्यायाधीश व्यक्ति नभएर सस्था भएकाले उनीबाटै गर्ने बताएका छन् । मंगलबार प्रधानन्यायधीश पराजुलीसँग प्रधानमन्त्रीले परामर्श गरेका थिए।
प्रधानन्यायाधीशमाथि अदालतमै प्रश्न उठेपछि प्रधानमन्त्री केपी ओलीले पराजुलीसँग मंगलबार बिहान बालुवाटारमा ‘ब्रेक फास्ट’ मिटिङ गर्दै पछिल्ला घटनाका सन्दर्भमा सरोकार व्यक्त गरे। पछिल्ला घटना निरुपण गर्ने उपायको खोजीमा पराजुली स्वयं पनि सोमबार साँझैबाट लागेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलका आधारमा प्रधानमन्त्री ओलीले प्रधानन्यायाधीश पराजुलीसँग छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्रीले निर्वाचित राष्ट्रपतिको शपथ ग्रहणलाई विवादरहित बनाउन सहयोग गरिदिन पराजुलीसँग आग्रह गरेको स्रोतले बतायो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
