तमु समाज बेल्जियमले १० मार्च २०१८ का दिन बेल्जियमको रमणीय शहर ओस्टेन्डेमा समाजले आफ्नो परम्परा र बार्षिक कार्यक्रम अन्तर्गत चेलीबेटी सम्मानार्थ कार्यक्रम `रिह चमी कै पिवा´ कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो।
उक्त कार्यक्रमको अध्यक्ष्यता समाजको अध्यक्ष्य श्री जीवन तमुज्यु बाट भएको थियो।नेपाल राजदुताबास ब्रुसेल्सबाट प्रथम महिला श्रीमति नानु अधिकारी थापाज्यु लाई प्रमुख अथितिको आसन ग्रहण गराइएको थियो।
तमु समाज बेल्जियका जेष्ठ अभिभावक आमा श्रीमती दिल कुमारी माया गुरुङज्युलाई जेष्ठ आमाको आसन ग्रहण गराईएको थियो भने विशेष अथिति गैर आवासीय नेपाली संघका केन्द्रिय सचिब श्री मति जानकी गुरुङज्यु , पुर्व अध्यक्ष्य श्री कुमार गुरुङ र राज दुताबास परिवार बाट पाल्नु भएका श्री मति रमा भुसालज्यु लाई पनि कार्यक्रमको मन्चमा आसन ग्रहण गराइएको थियो।
अध्यक्ष, प्रमुख अथिति, जेश्ठ नागरिक, बिशेष अतिथी लगायत मन्चमा आमन्त्रित मान्यजन हरु बाट सामुहिक रुपमा पानसमा दियो बाली कार्यक्रमको उद्घाटन गरिएको थियो। स्वागत भाषण समाजको उपाध्यक्ष श्री ओम राज गुरुङ ज्युबाट सम्पुर्ण उपस्थित चेलीबेटीलाई कार्यक्रममा स्वागत गर्नु भएको थियो।
शुभ कामना मन्तब्य दिने क्रममा प्रमुख अथिति श्री मति नानु अधिकारी थापाज्युले, चेलीबेटी कार्यक्रममा उपस्थित हुँदा मलाई आफ्नै माईति घर आएको महसुस व्यक्त गर्नु भएको थियो।
भने गैर आवासीय नेपाली संघका केन्द्रिय सचिब श्री मति जानकी गुरुङ्ज्यु र समाजको पुर्वअध्यक्ष्य श्री कुमार गुरुङज्यु बाट समाज बारे प्रकाश पार्नु भएको थियो।
दुताबास बाट पाल्नु भएका श्री मति रमा भुसालज्युले कविता वाचन गर्नु भएको थियो।
संयुक्त किराँत समाज प्रतिनिधि मुना राईले बेल्जियमको परिभेषमा आफ्नो मौलिक संस्कृति भित्र्याउन सफल प्रथम र पुरानो संस्था तमु समाज हो भनी ,प्रसंग गर्नु भयो । सल्लाहकार श्री चन्द्र कुमारी ( ईशा) गुरुङज्युले चेलीबेटीको तर्फबाट समाज ,माइती पक्षलाई धन्यबाद दिनुभयो।
उक्त कार्यक्रमको संयोजक समाजका सल्लाहकार श्री चन्द्र कुमार गुरुङज्यु बोल्ने क्रममा हाम्रो समाज आज १८ वर्ष आई पुग्दा प्रथम पटक ओस्टेन्डे शहरमा चेलीबेटी कार्यक्रम गर्ने मौका पाएकोमा ओस्टेन्डे तमुहरु खुशी भएको ब्यक्त गर्नु भएको थियो ।
सोही कार्यक्रममा गत महिना नेपालमा शीत लहर प्रभावित क्षेत्रमा एक लाख बराबरको न्यानो कपड़ा बितरण गरेको तमु समाज बेल्जियमको आमा समुहको पनि औपचारिक घोषणा भएको थियो ।
जस अनुसार अध्यक्ष आईता कुमारी गुरुङ सचिव बिना गुरुङ, कोषाध्यक्ष बबिता गुरुङ रहेको छ भने बाकी सदस्यहरु क्षेत्र मिलाएर छिट्टै पुर्ती गर्ने जानकारी दिनु भयो ।
समाजका महासचिब सुर्य बहादुर गुरुङज्युले कार्यक्रमको औचित्य बारे जानकारी गराउदै औपचारिक कार्यक्रम संचालन सचिब अनिता घलेज्यु बाट गरिएको थियो। अन्त्यमा समाजको अध्यक्ष श्री जीवन तमुज्यु बाट कार्यक्रम सफल बनाउन तन, मन र धनले सहयोग गर्नु हुने सम्पुर्ण महानुभावहरुमा कृतज्ञता साथ धन्यवाद दिदै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो।
दोश्रो चरणको मनोरन्जनात्मक कार्यक्रम डि जे राज कुमार तमुज्यु बाट भएको थियो । चेलीबेटीहरु र माईतीहरु बाट आफु भित्र लुकेको प्रतिभा (कला) गीत (अनिता घले), नृत्य ( नन्द गुरुङ / बबिता गुरुङ र नानी क्रिस्टिना गुरुङ), हातको सफाई (मिन्ड गुरुङ) , कबिता (बबिता गुरुङ) द्वारा प्रस्तुत गरिएको थियो।
चेलीबेटी हरुलाई भरपुर मनोरन्जन दिनको लागि कार्यक्रमको सिलसिलामा युरोप भम्रणमा रहनु भएका नेपालको ख्याति प्राप्त लोक गायक राजु परियार र कलाकार सुलेमान शंकर (ईकु) लाई समाजले आमन्त्रण गरिएको थियो र कलाकार द्वयलेआफ्नो लोक गीत मात्र नभई गुरुङ गीतहरु पनि गाएर निकै लामो समय सम्म मनोरंजन दिनुका साथै गुरुङ भाषा फरर बोली आश्चर्य समेत गराई दिनु भएको थियो।
निम्तोलाई स्विकारी उपस्थित भई मनोरंजन दिनु भएकोमा समाजको तर्फबाट आर्थिक सहयोग गरिएको थियो। चेलीबेटीहरु लाई कार्यक्रम हल सम्म जान आउनको लागि लुबेन शहरको चेलिबेटीको लागी एउटा बस र आन्त्वेर्पेन शहरको चेलिबेटीको लागि एक/एक बसको व्यवस्था पनि गरिएको थियो।
उपस्थित दाजुभाईहरु अन्त्य सम्म चेलीबेटीहरुको सेवामा जुट्न मा पनि कुनै कमि नदेखिएको र खाना पिउने व्यवस्थापन अति नै राम्रो रहेको थियो। सो कार्यक्रममा बाक्लो संख्यामा दिदीबहिनीहरु उपस्थिती रहेको र सबै दिदीबहिनीहरु आफ्नै मौलिक भेषभुषामा सजिएको र अतिनै उत्साहितपुर्ण खुशी देखिएको थियो।
उक्त कार्यक्रमलाई भब्य सभ्य रुपमा सफल बनाउनको लागी सयोजक श्री चन्द्र कुमार तमुज्यु र उप सयोजक राज कुमार तमुज्यु श्री इन्द्र तमु, कन्चन तमु , जुम काजी तमु लगायत ओस्टेन्डेवासी तमु हरु र अन्य क्षेत्रका तमु दाजुभाइहरु पनि खटिएका थिए। अन्त्यमा सबै जनाले अर्को कार्यक्रममा भेट्ने बाचाका साथ बिदा भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
