स्याङ्जामा जिप दुर्घटना, ४ जना घाइते

पोखरा । स्याङ्जामा सोमबार घटेको एक सवारी दुर्घटनामा चार जना घाइते भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो साँढे १२ बजेतिर स्याङ्जाको पुतलीबजार नगरपालिका– १४ लामागेस्थित भित्री कच्ची सडकखण्डमा स्याङजाबाट सतौतर्फ जाँदै गरेको ग १ ज ३८५८ नम्बरको जिप आफै अनियन्त्रित भई पल्टिन जाँदा जिपमा सवार ४ जना यात्रुहरु घाइ्ते भएका हुन्। घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल स्याङजामा लगिएको छ।

Advertisement

जिप चालक चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

More News last news
Loading...