स्याङ्जामा सरकारी कार्यालय स्थापनाको माग गर्दै -याली

प्रकाश डोटेल

स्याङ्जा । स्थानीय तह लागु भएसँगै सुनसान बन्न लागेको जिल्ला सदरमुकाममा हालसम्म स्थापना नभएका सरकारी कार्यालय स्थापना गर्न व्यवसायीले माग गरेका छन् । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पहलमा व्यवसायीले कार्यालय स्थापनाको माग गरेका हुन्।

Advertisement

जिल्ला सदरमुकाममा स्थापना हुन नसकेका कर, यातायात र सडक डिभिजन कार्यालय स्याङ्जामा ल्याउन संघले पहल गरेको छ । पहल स्वरुप संघको आयोजनामा व्यवसायीले शान्ति पूर्ण ¥याली सहित जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ र यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्।

संघको कार्यालयबाट निस्केको ¥यालीले प्रशासन कार्यालय मार्फत सम्बन्धित मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन्। राजनीतिक चलखेल र शक्ति केन्द्रको आडमा सदरमुकाममा हुनुपर्ने कार्यालय अयन्त्र लगे व्यवसायी चुप लागेर नबस्ने पत्रमा उल्लेख गरिएको छ । सेवाग्राहीको मागलाई ध्यानमा राखेर तत्काल कार्यालय स्थापना गर्न व्यवसायीले माग गरेका छन्।

“हामी व्यवसायी कर बुझाउ“न र सवारी साधन दर्ता गराउन पोखरा जान पर्ने बँध्यतामा छौं ।” संघका अध्यक्ष विक्रान्त कुमार श्रेष्ठले भने, सवारी साधन दर्ता गर्न होस वा कर बुझाउ“न स्याङ्जाका सेवाग्राही पोखरा जानुपर्ने बँध्यता छ, त्यसको अन्त्य गर्न हामीले सक्रियता बढाएका छौं ।” पोखरामा रहेका आन्तरिक राजश्व र यातायात कार्यालयले स्याङ्जा हेर्ने गरेको उनले सुनाए।

स्याङ्जाका साना हुन वा ठूला सबै व्यवसवायी पान दर्ता गर्न कर तिर्न समेत पोखरा जानुपर्ने बाध्यतामा छन्। यातायातका साधन दर्ता गर्न र लाईसेन्स नविकरण लागि सेवाग्राही पोखरा धाउन बाध्य व्यवसायी र सेवाग्राहीलाई सहज होस भनेर कार्यालय स्थापनाको माग गरिएको संघले जनाएको छ।

“सरकारले कार्यालय स्थापना मात्रै गछौं भन्यो भने हामी सबै व्यवस्थापन गर्न तयार छौं ।” संघका अध्यक्ष श्रेष्ठले भने, सरकारले कर्मचारी व्यवस्थापन गरोस हामीले कार्यालय व्यवस्थापनको जिम्मा लिन सक्छौं।” कार्यालय स्थापनाका लागि शान्ति पूर्वक माग राखिएको छ, माग तत्काल सम्बोधन नभए दबाब सृजना गर्न थप कार्यक्रम गरिने उनले जानकारी दिए।

 

More News last news
Loading...