३७ वर्षीया महिला मृतावस्थामा फेला, श्रीमान् फरार, गएराती भाको थियो यस्तो झगडा

मोरङ । मोरङको लेटाङ नगरपालिका–२ बुधबारे बस्ने ३७ वर्षीया कौशिला राई आज बिहान मृतावस्थामा फेला परेकी छन् । गएराति श्रीमान्सँग झगडा भएको र राई आफ्नै घरको कोठामा मृतावस्थामा भेटिएको भन्ने जानकारी स्थानीयवासीले प्रहरीलाई गरेका थिए ।

मृतक राईको शरीरका विभिन्न भागमा चोट रहेकाले घटना शंकास्पद रहेको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । घटनापछि मृतक राईका श्रीमान् ३७ वर्षीय कुमार राई फरार रहेका छन् । उनको खोजी कार्य भइरहेको छ ।

Advertisement

More News last news
Loading...