पूर्व पञ्च थापा, राणा र लोहनीबीच पुनः एकता हुँदै, यस्तो छ तयारी

काठमाण्डौ । पछिल्लो राजनीतिमा कमजोर साबित भएका तीनवटै राष्ट्रिय प्रजातन्त्र पार्टीहरु एक हुने प्रयास गरेका छन्।

राप्रपाबाट फुटेर बनेको दलहरु पशुपतिशमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक, डा.प्रकाशचन्द्र लोहोनीले नेतृत्व गरेको एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी र कमल थापाले नेतृत्व गरेको राप्रपाबिच एकताको प्रयास गरिएको हो।

Advertisement

एकिकरण पछि बन्ने नयाँ पार्टीको नाम राप्रपा हटाई ‘नेपाली जनता पार्टी’ राखिने बताईएको छ। संविधान कार्यन्वयनका खातिर गरिएको तीन चरणको निर्वाचनमा तीनै पार्टीहरुको लज्जास्पद पराजयसँगै पूर्वपञ्च तथा राजावादी झुण्डहरु एक ठाउँमा उभिन लागेका हुन्।

अब छुट्टाछुट्टै पार्टी कायम राखे अस्तित्व नै रहँदैन भन्ने निष्कर्षमा पुगी थापा, राणा र लोहोनी पार्टी एकताको गृहकार्य लागेका हुन्।

एकतापछि तीन पार्टीका अध्यक्षलाई पदीय व्यवस्थापनको समेत टुंगो लागिसकेको दाबी गरेको छ। जसअनुसार पार्टी एकतापछि बन्ने नेपाली जनता पार्टीको अध्यक्ष कमल थापा हुनेछन् भने राणा राष्ट्रिय अध्यक्ष र लोहनी निर्देशन समिति अध्यक्ष हुनेछन्।

तीनै अध्यक्षको अधिकारसमेत समान रहने गरी पदीय व्यवस्थापन गर्ने टुंगो भएको हो। राप्रपा विगतमा अध्यक्ष पदकै कारण पटकपटक फुटेको थियो ।

सोही अनुभवका आधारमा तीनै जना अध्यक्ष रहने र अधिकारसमेत समान रहने गरी एकताको टुंगो लगाइएको छ।

यद्यपी नृतृत्वको विषयमा नेता वुद्धिमान तामाङलाई अध्यक्ष बनाएर शीर्ष नेताहरु थापा, राणा र लोहोनीलाई सम्मानजनक भूमिकाका राख्ने भन्नेमा पनि छलफल भइरहेको छ। एकतापछि पार्टीले हिन्दूराष्ट्रका लागि जनमत संग्रह गर्न दबाब सृर्जन गर्ने लक्ष्य बनाएको छ।

More News last news
Loading...