काठमाडौ । कैलाली घोडाघोडी नगरपालिका ५ देउकलियाकी राधालाई बोक्सीको आरोपलगाई मरणासन्न हुनेगरी कुटपिट गर्ने मध्येकी किस्मीता चौधरीलाई प्रहरीले पक्राउ गरेको छ।
जि.प्र.का. कैलालीले आज विहान उनलाई पक्राउ गरेको बताएको छ । उनकै घरबाट पक्राउ परेकी किस्मीता चौधरीले भोलेबाबा भनिने राम बहादुर चौधरीसंग मिलेर राधालाई कुटपिट गरेकी थिइन।
रामबहादुर चौधरी शुक्रवार नै पक्राउ परिसकेका छन् भने किस्मीता चौधरी आज विहान पक्राउ परेकी हुन । भोलेबाबाकी पिए बनेकी किस्मीता चौधरी आफूलाई पार्वतीमाता बताउने गरेकी थिइन।
हात समातेर राधालाई ल्याएकी उनले मरणाशन्न हुने गरी कुटेकी थिइन् । विहीवार बोक्सी भगाउने भन्दै राधामाथि ६ घण्टा कुटपिट भएको थियो । राधाको अहिले उपचार भैरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
