नरेन्द्र मोदीले काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा भाग लिने सम्भावना  

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले काठमाडौंमा हुने बिमस्टेक सम्मेलनको चौथो चरणमा भाग लिन काठमाडौं आउनसक्ने सम्भावना रहेको भारतको द टाइम्स अफ इन्डिया पत्रिकाले लेखेको छ।

दिल्लीका निकटवर्ती छिमेकीहरू भुटान र बंगलादेशमा आमनिर्वाचन हुन लागेको अवसरमा मोदीले ती देशको भ्रमण गर्दैछन्।

Advertisement

त्यसै क्रममा दिल्लीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्ने सम्भावना छ। नेपालको आमनिर्वाचनपछि दिल्ली र काठमाडौंबीच सम्बन्धमा न्यानोपन आएको पत्रिका लेख्छ । अनि मोदी आफैं पनि सन् २०१८ मै काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन सक्छन्।

चीनले दक्षिण एसियाली क्षेत्रमा उपस्थिति बढाउँदै जाँदा भारतका प्रधानमन्त्रीले सम्बन्ध सुधारको पहल गरिरहेका हुन्।

More News last news
Loading...