काठमाडौँ । विश्वकप छनोट क्रिकेटको आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेलिरहेको नेपालले १ सय ९५ रनको लक्ष्य दिएको छ । ४९.५ ओभरमा सबै विकेट गुमाउँदै नेपालले १ सय ९४ रनमात्र बनाउन सक्यो।
ओपनिङ ब्याट्सम्यानको समस्या झेल्दै आएको नेपालका लागि आज पनि त्यो समस्या देखियो । नेपालका ओपनर ब्याट्सम्यान अनिलकुमार साहलाई चौथो ओभरको अन्तिम बलमा मुजीवर रहमानले एलबीडब्ल्यू आउट गरे।
त्यसपछि क्रिजमा आएका कप्तान पारस खडकाले उत्कृष्ट ब्याटिङ गर्दै ८८ बलमा १० चौका र एक छक्कासहित ७५ रन बनाएका थिए । उनलाई मोहम्मद नाबीको बलमा समिउल्लाह शेनवारीले क्याचआउट गरेका हुन्।
ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । उनलाई अफगानिस्तानका कप्तान राशिद खानले एलबीडब्ल्यू आउट गरेका हुन्।
चौथो विकेटका रुपमा रोहितकुमार पौडेल एक रनमै आउट भए । उनलाई मोहम्मद नाबीको बलमा शराफउद्दीन अश्रफले पौडेललाई क्याच आउट गरेका हुन्।
पाँचौ विकेटको रुपमा दिपेन्द्रसिंह ऐरी ४१ बलमा ३ चौका र १ छक्का हान्दै ३२ रन बनाएर रसीद खानको बलमा आउट भएका हुन्।
नेपालको छैटौं र सातौं विकेटको रुपमा आरिफ सेख र सोमपाल कामी आउट भए। ३६ बलमा ३ चौकासहित २३ रन बनाएका आरिफ आउट भए लगत्तै सोमपाल कामी पनि ९ रनमा आउट भए । उनीहरु दुबैजनालाई मोहम्मद नाबीले आउट गरेका हुन।
अाठाैं विकेटकाे रुपमा करण केसी ६ रनमा अाउट भए । सन्दीप लामिछाने र ललित राजवंशी शून्य रनमा नै अाउट भए ।
विकेट पतन : नेपाल
१–१३(अनिलकुमार साह, ३.६), २–१०५(ज्ञानेन्द्र मल्ल, २५.६), ३–१११(पारस खड्का, २८.५), ४–१२३(रोहितकुमार पौडेल, ३२.४), ५–१४९(दिपेन्द्रसिंह ऐरी, ३७.४), ६–१७९(आरिफ शेख, ४४.४), ७–१७९(सोमपाल कामी, ४४.५), ८–१९३(करण केसी, ४८.३), ९–१९४(सन्दीप लामिछाने, ४८.६), १०–१९४(ललित राजवंशी, ४९.५)
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
