नविना र राजीवले अखिल र युवा संघ छाड्ने

काठमाडौं । नेकपा एमालेका दुई भातृ संगठन अनेरास्ववियु र युवा संघका अध्यक्ष प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि उनीहरुको ठाउँमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढेको छ।

अनेरास्ववियु अध्यक्ष नविना लामाले प्रतिनिधिसभा सदस्य भएपछि आफू संगठनबाट विदा हुने घोषणा गरिसकेकी छन्।

Advertisement

प्रदेश ४ को प्रदेशसभा सदस्य निर्वाचित भएका युवा संघका अध्यक्ष राजिव पहारी भने मौन छन् । विधानतः युवासंघको महाधिवेशन गर्नुपर्ने अवधि टरिसकेको छ । पहारीले सर्वसम्मति भए नेतृत्व छाड्न तयार रहेको बताएका छन्।

नविनाको ठाउँमा ऐन महरको दाबी

अनेरास्ववियुले फागुनमा विधान सम्मेलन गरेर चैतमा महाधिवेशन गर्ने तयारी थालेकै बेला पार्टीले सबै संगठनका महाधिवेशनहरुमा रोक लगाएपछि नविनाले अध्यक्ष पद हस्तान्तरण गर्ने प्रक्रियाको माग गरेकी छन् ।

आफू सांसद भएलगत्तै केही दिनअघि बसेको अनेरास्ववियुको स्थायी कमिटी बैठकमा नविनाले संगठनबाट विदा लिने चाहना व्यक्त गरिन् । उनले ०५१ सालमा गुल्मीबाट सांसद जितेपछि अनेरास्ववियुका तत्कालीन अध्यक्ष रामनाथ ढकालले विदा लिएर तत्कालीन महासचिव योगेश भट्टराई अध्यक्ष बनेको नजिर समेत पेश गरेकी छन् ।

महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना पार्टी निर्णयका कारण पूरा नभएकाले विधि र प्रक्रिया पूरा गरेर आफूले नयाँलाई नेतृत्व दिन चाहेको लामाले बताइन् ।

More News last news
Loading...