काठमाडौं । प्रतिनिधिसभा सभामुखमा कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन्।
सभामुखका लागि उनको मात्र उम्मेदवारी परेको हो। औपचारिक घोषणा भने भोलि हुनेछ।
महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको र धेरै कानुनहरु बनाउनु पर्ने भएकाले त्यसमा आफ्नो भूमिका रहने बताए।
महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ छन्।
उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका नेताहरु उपस्थित थिए।
माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
