काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले आधा शताब्दीमा हुने काम पाँचै वर्षमा गर्ने बताएका छन् ।
बिहिबार राजधानीको भृकुटीमण्डपमा आयोजित सातौ अन्तराष्ट्रिय उद्योग व्यापार मेलाको उद्घाटन गर्दै ओलीले भने, ‘अबको ५ वर्ष विकास निर्माणको क्षेत्रमा आधा शताब्दी हुनेछ । आधा शताब्दीमा हुने काम हामी ५ वर्षमा गछौं ।’
देशको लागि काम गर्न सरकारले कुनै कसर बाँकी नराख्ने भन्दै ओलीले अब कसैले पनि भोकै बस्न पर्ने अवस्था आउन नदिने बताए । काममा ढिलासुस्ती गर्नेसँग कुनै सम्झौता हुन नसक्ने भन्दै ओलीले उद्योग धन्दाको लागि सही बातावरण तयार भएकाले ढुक्क भएर लगानी गर्न समेत आह्वान गरे ।
उक्त अवसरमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अहिलेससम्म अधिकारको लागि लडिएको भन्दै अब विकासको लडाईँ सुरु भएको बताए । ५ वर्षमा देशलाई नमुना बनाउने दाबी गर्दै यादवले त्यसको लागि गलत काममा लाग्नेलाई कडा भन्दा कडा कारबाही गरिने बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
