१२० वर्षका पतिको मृत्यु १२२ वर्षकी पत्नीले भनिन् ‘बाँच्न सक्दिन’, २ दिनमै साँचो भयो कुरा

एजेन्सी । १२० वर्षका पतिको मृत्यु भएपछि १२२ वर्षकी उनकी पत्नीले भनिन् ‘अब म उहाँबिना बाँच्न सक्दिन।

नभन्दै २ दिनमै उनले भनेको कुरा साँचो भयो । २ दिनपछि नै पत्नीको पनि मृत्यु भएको छ । यो जोडीले विवाहको सय वर्ष मनाएका थिए।

Advertisement

१५ दिन पहिले मात्र उनीहरुले बिहेको १०० औं वार्षिकोत्सव मनाएका थिए। धन कौर नामकी महिला र उनका पति भगवान सिंहकी जेठी छोरीको उमेर ९० वर्ष छ।

सबैभन्दा कान्छा छोराको उमेरसमेत ५० वर्षभन्दा माथि छ । भगवानका अनुसार उनको जन्म १८९८ र धन कौरको जन्म १८९६ मा भएको हो।

भगवानको मृत्यु भएपछि उनकी पत्नीलाई सुरुमा यसबारे जानकारी दिइएको थिएन । तर, घरमा चहलपहल देखेपछि उनी आफैंले बुझिन् १०० वर्षसम्म साथ रहने व्यक्ति अब उनीसँग रहेनन्।

लगत्तै उनले अब आफू पनि बाँच्न नसक्ने बताएकी थिइन् । नभन्दै २ दिनपछि नै उनको पनि मृत्यु भयो । अन्तिम संस्कारमा ठूलो संख्यामा गाउँलेहरु जम्मा भएका थिए।

More News last news
Loading...