डा बाबुराम भट्टराईलाई पुन: माओवादीमै फर्किन प्रचण्डको आग्रह

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्कन पुनः आह्वान गरेका छन्।

अध्यक्ष दाहालले भट्टराई हिँडेको बाटो गलत भएको दावी गर्दै पार्टीमा फर्कन आह्वान गरे। भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता खिमलाल देवकोटालाई मंगलबार पार्टीमा स्वागत गर्दै उनले लाज नमानी पार्टीमा प्रवेश गर्न भट्टराईसँग आग्रह गरेका हुन्।

Advertisement

उनले भट्टराई पार्टीमा फर्किए आफूले फेरी अगाडि बढाउन चाहेको पनि बताए। उनले मुलुकलाई समृद्ध बनाउने भट्टराईको चाहना राम्रो भएपनि त्यसलाई पूरा गर्ने बाटो सही नभएको दावी समेत गरे। अध्यक्ष दाहालले जनता, कार्यकर्ता र आफ्नै पसिनाबाट निर्मित पार्टीलाई छोडेर भट्टराईले गल्ती गरेको पनि बताए।

अध्यक्ष दाहालले भट्टराईप्रति कुनै घृनाभाव नरहेको पनि स्पष्ट पारे। उनले भट्टराईलाई माया गर्नेहरु पार्टी भित्र थुप्रै रहेको पनि स्मरण गराए। अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने लडाईमा विजयी हासिल गर्न आफूहरु लागि परेको पनि बताए। माओवादी केन्द्र प्रवेश गरेका देवकोटाले मुलुकलाई स्थायित्व र विकास दिने भएकाले माओवादी केन्द्रकै फर्किएको बताएका थिए।

More News last news
Loading...