राष्ट्रपतिको उम्मेदवार छान्न बुधवार कांग्रेस केन्द्रीय समितिको बैठक  

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ९ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भएको छ।

बैठकमा काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यलाई उपस्थितिका लागि अनुरोध गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

Advertisement

कांग्रेस स्रोतका अनुसार राष्ट्रपतिको उम्मेदवारी दिने बिषयमा छलफल गर्न बैठक बोलाइएको हो। राष्ट्रपतिको उम्मेदवारी मनोनयन बुधवार हुँदैछ।

More News last news
Loading...