एनआरएन र यातायात मन्त्रालयबीच सडक सुरक्षा सम्बन्धी सहकार्य पत्रमा हस्ताक्षर

काठमाडौँ । गैरआवासीय नेपाली संघ र नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच नेपालमा सडक सुरक्षा सम्बन्धी ज्ञान र सीपलाई आदान प्रदान गर्ने, गैरआवासीय नेपालीहरुको सडक सुरक्षा सम्बन्धी ज्ञानलाई नेपालका सडक सुरक्षा काममा प्रयोग गर्ने, सडक सुरक्षा कार्यमा सहकार्य गर्ने जस्ता बुँदाहरु समेटेको सहमती पत्रमा हस्ताक्षर भएको छ।

सहमती पत्रमा संघका तर्फबाट अध्यक्ष भवन भट्ट र मन्त्रालयका तर्फबाट मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हस्ताक्षर गरेका हुन्।

Advertisement

सहमतीपत्र अन्तर्गत सडक सुरक्षा सम्बन्धि ज्ञान र सीपको आदान प्रदानका साथै सडक सुरक्षा बढाउने उद्देश्य नै एक Demonstration परियोजना संचालन गर्ने सोच गैरआवासीय नेपाली संघको रहेको छ।

स्मरण रहोस गैरआवासीय नेपाली संघले सडक सुरक्षा समबन्धमा नै नेपाल इन्जिनियर्स एसोशिएसन संग सहमति पत्रमा हस्ताक्षर गर्नुका साथै संघले सडक सुरक्षा सम्बन्धी एक उपसमिति नै गठन गरी काम अघि बढाएको गैरआवासीय नेपाली संघको सचिवालयले जनाएको छ।

More News last news
Loading...