आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले जिम्बाबे विरुद्ध पहिले फिल्डिङ गरिरहेको छ।
टस जितेर जिम्बावेले नेपालाई फिल्डिङको निम्तो दिएको हो।
जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लवमा हुने खेलमा नेपालका स्पिनर ललितनारायण राजवंशीले डेव्यु गर्दैछन्।
१० टोलीको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई टिम आउँदो वर्ष इंग्ल्याण्डमा हुने विश्वकपका लागि छानिने छन्।
प्रतियोगितामा चार टेस्ट र ६ एसोसिएट टोली सहभागी छन्। एसोसिएटमध्ये नेदरल्यान्ड्ससहित शीर्ष चार टोलीले चार वर्षका लागि एकदिवशिय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।
नेपाल भर्सेस जिम्बाब्वेः हेर्नुहोस् लाइभ भिडियो
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
