किन आउँदैछन् भोलि पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल भ्रमण ?

काठमाडौँ । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउनुहुने भएको छ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

More News last news
Loading...