काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज विश्वकप छनौटको पहिलो खेल जिम्बाब्वेविरुद्ध खेल्दैछ। खेल जिम्बावको घरेलु मैदानमा नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपाल जिम्बाब्वेको सिनियर राष्ट्रिय लोलीविरुद्ध पहिलो पटक खेल्न लागेको छ। पहिलो पटक ५० ओभरको विश्वकप क्रिकेट खेल्ने र आगामी चार वर्षका लागि एकदिवसीय टोलीको मान्यता पाउने नेपालको सपना छ।
बलियो घरेलु टोली जिम्बाब्बेलाई पराजित गर्न नेपाली टोली खरो उत्रिनु पर्नेछ। जिम्बाब्वे नेपालका लागि निकै बलियो र अनुभवी प्रतिस्पर्धी टिम हो। तर पनि पछिल्लो प्रतियोगितामा आश्चर्यजनक प्रदर्शन गरेको नेपाली टोलीले जितको अपेक्षा कायमै राखेको छ।
केही समयअघि नामिबियामा भएको आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बन्दै विश्वकप छनौटको यात्रा तय गरेको हो।
सन् १९८३ मा इङल्याण्ड र बेल्सले आयोजना गरेको विश्वकमा पहिलो पटक सहभागी भएको जिम्बाब्वे त्यसयताका सबै खेलमा विश्वकपमा भाग लिन छुटेको छैन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
