भनिन्छ जब मानिस मृत्युको अगाडि खडा हुन्छ तब दिमागले काम गर्दैन । किनकी दिमागका सबै ढोका बन्द भैसकेका हुन्छन् त्यतिबेला । तर एउटा यस्तो घटना सार्वजनिक भएको छ जसले यस्तो सोँच्ने मानिसहरुलाई सबक सिकाइदिएको छ । मृत्युको मुखमा पुग्दा पनि मानिसले आफ्नो जिवन रक्षार्थ कस्तो जुक्ति अपनाउँदो रहेछ भन्ने उदाहरण यो घटनाले पेश गरेको छ ।
समाचार अनुसार एकजना चिनिया व्यक्तिलाई अचानक हृदयाघात भयो । हृदयाघातमा ज्यान जोगिनु, त्यो पनि आफ्नै बलबुताले त्यो निकै बिरलै हुन्छ । तर भयो त्यस्तै । उनले अनौठो तरिकाले आफ्नो ज्यान बचाए ।
शिजियाजुआंग स्थित एक रेलवे स्टेशनमा रेल कुरिरहेको बेला अधवैशे उमेरका ती व्यक्तिलाई हृदयाघात भयो ।
उनी हृदयाघात भएर भुइँमा थचारिए । तर कसैको ध्यान उनीपटि्ट गएन। आफुले गुहार नपाएको ठानेपछि उनले एउटा जुक्ति लगाए । आफुसँग भएका पैसाका नोटहरु निकालेर फ्याँक्न सुरु गरे। यसरी नोट फ्याँक्न थालेपछि त्यहाँ रहेका अन्य मानिसहरुको ध्यान उनीतर्फ आकषिर्त भयो। उनले रगत बान्ता गरिरहेको मानिसहरुले देखे । त्यसपछि उनलाई उद्धार गरी अस्पताल लगियो।
ती मानिसको थर ली हो। तर नाम चाहीँ खुलाइएको छैन। उनी आफ्नी बिरामी आमालाई भेट्न रेल चढेर क्विनहुआंगदाओ सहर जाँदै थिए। एजेन्सी
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
