सीटी सेन्टरको चौथो तलाबाट खसेर सुरक्षागार्डको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सीटी सेन्टरबाट खसेर सुरक्षागार्डको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथरको फिदिमका २६ वर्षीय रविन भुजेल छन्।

भुजेल मलमा कार्यरत् सुरक्षाकर्मी हुन्। शुक्रबार मलको चौथो तलबाट झलेर उनको मृत्यु भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

Advertisement

बिहान ३ बजे मलबाट झरेका उनको घटनास्थलमै मृत्यु भएको हो।

भुजेलको आफन्तजनले भने उनको मृत्युप्रति आशंक व्यक्त गर्दै सत्यतथ्य, छानबिनको माग गरेका छन्।
प्रहरीले थप अनुसन्धान थालेको छ।

More News last news
Loading...