अछाम । सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस लेख्दै अछाम कालागाउका एकजना पत्रकारले आत्महत्या गरेका छन्।
स्थानीय रेडियो सोसाइटीमा कार्यरत पत्रकार खकेन्द्र परियारले बिहिबार झुण्डिएर आत्महत्या गरेका हुन्। परियारले बुधबार आफ्नो फेसबुकमा निक्कै मार्मिक स्टाटस (सुसाइड नोट) लेखेका थिए। उनले लेखेको स्टाटसमा उनका फेसबुक साथीहरुले सान्तवना दिँदै कमेन्ट समेत गरेका छन्।
स्टाटसमा उनले जिन्दगीमा आफु पनि खुसी नभएको र घरपरिवारलाई समेत कुनै खुसी दिन नसकेको उल्लेख गरेका छन्। जीवन आएका अप्ठ्याराहरुलाई सहज बनाउने कुनै उपाय नभेटेर यात्रा यातिक्कैमा रोक्न लागेको उनले आफ्नो स्टाटसमा प्रष्टसँग उल्लेख गरेका छन्।
उनले लेखेका छन, जिन्दगीमा नत आफु खुसि भए नत आमा,बुबा भाइ बहिनिको लागि गर्न सक्य उनी हरुका पनि म बाट केही आशा र इक्षा हुदाहुन मैले केही गर्न सकिन जिन्दगीमा धेरै अफ्ट्यारा मोडहरु आय म संग ती मोडहरुलाइ सहज बनाउने कुनै उपय थियन त्यसैले मैले यो जिन्दगी अगाडि बढाउनु भन्दा यतिकैमा रोक्न बेस लाग्यो।
आत्महत्या गर्नुअघि लेखिएको उक्त स्टाटसमा उनले सबैलाई सम्झेका छन्। भाग्यमा यस्तै रहेछ भन्दै उनले आफ्ना आफन्तलाई भने आफ्नो मृत्यु खुसीको खबर हुने बताएका छन्।
उनले लेखेका छन्, मेरा चिर परिचित सम्पूर्ण आत्मिय साथीहरूलाई धेरै माया अनि सम्झना म यो दोस कसैलाई पनि दिन चाहान्न मेरो भाग्यमा यस्तै लेखेको रैछ मेरो आफ्नतहरु लाई सारै खुसिको खबर छ किन कि मेरो अन्तिम इक्षा पूरा हुदैछ अलबिदा खकेन्द्र।
उनले आफु आत्महत्या गर्नुको कारण जीवनमा आइलागेको अप्ठ्यारो मोड भएको उल्लेख गरेपनि आफन्तलाई भने आफ्नो मृत्युको खबरले खुसी तुल्याउने कुरा उल्लेख गरेकाले घटना रहस्यमयजस्तै बनेको छ।
बुधबार करिन ११ बजे रातिमा उनले स्टाटस लेखेको देखिन्छ भने बिहिबार बिहानै सदरमुकाम मंगलसेन नजिकैको जंगलमा उनको शब झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । अहिले परियारको शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेनमा राखिएको छ।
यस्तो छ सुसाइड नोट :

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
