एनआरएनएको अध्यक्षमा पन्त विजयी, कुन उम्मेद्वारले कति मत ?

काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनको अध्यक्षमा कुमार पन्त विजयी भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी कुल आचार्यलाई १३५ मतअन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी भएका हुन्। पन्तले एक हजार ९४ मत ल्याए भने आचार्यको पक्षमा नौ सय ५९ मत खसेको थियो।

त्यस्तै उपाध्यक्षमा अर्जुनकुमार श्रेष्ठ, सोनाम लामा, बद्री केसी, रविना थापा र मन केसी निर्वाचित भएका छन् भने महासचिवमा हेमराज शर्मा निर्वाचित भए। त्यस्तै सचिव गौरी जोशी र आरके शर्मा निर्वाचित भएका छन्। कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ र सह-कोषाध्यक्षमा लोक दाहाल विजयी भएका छन्।

Advertisement

उपाध्यक्षका उम्मेद्वारहरु अर्जुन कुमार श्रेष्ठ १०२६, डा बद्री केसी ११६३, धर्मराज अधिकारी ७५५, हिक्मत बहादुर थापा ४१४, डा केशब पौडेल ८७०, किरण विक्रम थापा ४२३, मन केसी, ९६१, नरेन्द्र बहादुर भाट ७५९, सोनाम लामा ८९८ मत ल्याएका छन् भने महिला उपाध्यक्षमा रविना थापा १२३२ तथा सपिला राजभण्डारीले ८६३ मत पाएका छन्।

कुन उम्मेद्वारले कति मत ?

More News last news
Loading...