उच्च अदालतले गर्यो रबि लामिछानेको मुद्दामा यस्तो फैसला

काठमाडौं । रवि लामिछानेविरुद्ध उच्च अदालत हेटौंडाले जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ। उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो ।

उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो। उच्च अदालतका न्यायाधीशद्धय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलाशको यस्तो आदेश दिएको हो।

Advertisement

उच्च अदालतको यो आदेशपछि लामिछानेले विदेश जान र कार्यक्रम चलाउन पाउने छन्। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा दिएको निवेदनको दोस्रो सुनुवाइ गर्दै जिल्ला अदालतको आदेश सदर गर्ने निर्णय सुनाएको हो।

शालिकराम पुडासैनी प्रकरणमा पक्राउ परेका रवि लामिछाने ५ लाख, सञ्चारकर्मी युवराज कडेँल ३ लाख र अस्मिता कार्की साधारण तारेखमा रिहा भएका थिए । अस्मिता कार्की रुकुको हकमा साधारण तारेखमा रिहा गरेको फैसला सदर गर्न उच्च अदालत हेटौंडाको आदेश छ । अस्मिताको पक्षमा अधिवक्ता मनिष कुमार श्रेष्ठ र केदार गुरागाईंले बहस गरेका थिए । पत्रकार पुडासैनीको गत साउन २० मा चितवनको नारायणगढ बसपार्कस्थित होटल कंगारुमा शव भेटिएको थियो।

More News last news
Loading...