काठमाडौँ । प्राडा गोविन्द केसीविरुद्ध अनसन बस्ने विजय थापा पक्राउ परेका छन्।
चिकित्साशास्त्र अध्ययन संस्थानका डिन जगदीश अग्रवालमाथि कालोमोसो दलेको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले थापालाई मंगलबार साँझ पक्राउ गरेको हो।
थापामाथि गत भदौ २९ गते चिकित्साशास्त्र अध्ययन संस्थानका डिन अग्रवालमाथि कालोमोसो दलेको आरोप छ। उनी प्राडा केसीविरुद्ध अनसन बस्ने गर्दथे।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
