भारतीय प्रधानमन्त्रीको अभिव्यक्तिप्रति क्रान्तिकारी माओवादीको आपत्ति

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति नेकपा (क्रान्तिकारी माओवादी)ले बिरोध जनाएको छ।

पार्टीका महासचिव मोहन बैद्य किरणले सोमबार विज्ञप्ति प्रकाशित गरी मोदीले गौतम बुद्ध भारतमा जन्मिएको सन्देश दिने अभिव्यक्ति दिएको भन्दै बिरोध जनाएका हुन्।

Advertisement

यही सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए। साथै विज्ञप्तिमा आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन प्रधानमन्त्री मोदीलाई अनुरोध गरिएको छ।

More News last news
Loading...