रियाद । साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन्।
आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन्। मोहम्मद बिन सलमानले यो कुरा सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन्।
साउदी अधिकारीले उक्त घटनामा सलमानको भूमिका नरहेको बताउँदैआएका छन्। पत्रकार मार्टिन स्मिथले सार्वजनिक गर्न लागेको दस्तावेजमा यस्तो खुलासा भएको हो । गत वर्ष भएको खसोग्गीको हत्यालाई संसारभर चासोका साथ हेरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
