वैदेशिक रोजगार व्यवसायी संघमा लोकतान्त्रिक समुहको प्यानलै बिजयी

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कांग्रेस निकट लोकतान्त्रिक समूहको प्यानलै विजयी भएको छ। अध्यक्षमा ३ सय ३० मत आएका बिष्णुप्रसाद गैरेले प्रगतिशील समुहका सरोजकुमार पोखरेललाई ४८ मतअन्तरले पराजित गरे।

मंगलबार सम्पन्न २७ औं साधारण सभा तथा निर्वाचनबाट पहिलो पटक लोकतान्त्रिक समुहको प्यानलै विजयी भएको हो। मंगलबार सम्पन्न संघको चुनावमा ६२१ जनाले मतदान गरेका थिए ।

Advertisement

संघको प्रथम उपाध्यक्षमा ३ सय ८१ मतका साथ हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ विजयी भए। मेनपावर लिंक प्रालिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्षमा ३२२ मत, एसआरके नेपाल प्रालिका संचालक किशोर कुमार केसी तृतिय उपाध्यक्षमा ३६० मतसहित विजयी भए।

त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रालिका संचालक सुजित श्रेष्ठले ३ सय ८८ मत ल्याई प्रगतिशिलका प्रत्यासी रामचन्द्र गिरीलाई १ सय ६८ मतले पराजित गरेका छन्। सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रालिका संचालक मेघनाथ भुर्तेलले ३ सय ३३ र कोषाध्यक्षमा सि एस टि सिजन प्रा।लिकी संचालिका ईन्दीरा गुरुङले ३ सय ६७ मत ल्याई बिजयी भएकी छिन्। १ सय ६८ मतका साथ सबैभन्दा बढी मतान्तरले बिजयी हुनेमा कोषाध्यक्ष ईन्दीरा गुरुङ रहेकी छिन्।

संघको सदस्यपदमा डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रालिका लक्ष्मण पौडेल बिजयी भएका छन्।

जित पश्च्यात साझा सबालसंग सम्क्षिप्त प्रतिक्रिया दिदै संघ अध्यक्ष बिष्णु प्रसाद गैरेले निर्वाचनमा सम्पूर्ण व्यवसायीको जीत भएको भन्दै अब सबै व्यवसायी एकजुट भएर अगाडी बढ्ने बताए।

More News last news
Loading...