काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा चालकले नियन्त्रण गुमाएपछि एक बस पहाडमा ठोकिएको छ । दुर्घटनामा परी बालबालिका सहित कम्तीमा २६ जनाको मृत्यु भएको छ । अन्य १३ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ।
घटना बाबुसार टप एरियामा भएको हो । त्यो क्षेत्र खैबर पख्तुनख्वा प्रान्त र गिलगिट बाल्टिस्तानको सीमामा पर्छ।
बस रावलपिण्डीबाट स्कार्दु शहरतिर जाँदै थियो र त्यसमा ४० जना यात्रु सवार थिए। १६ जना सैनिक पनि त्यसमा रहेको दी एक्सप्रेस ट्राइब्युनले लेख्यो। घटनास्थलबाट २६ जनाको लाश बरामद गरिएको गिल्गित बाल्टिस्तानका मुख्यमन्त्रीका प्रवक्ता रशीद अर्शदले बताए ।
मोड काट्ने बेलामा चालकले बसबाट नियन्त्रण गुमाएका थिए र पहाडमा लगेर ठोकेका थिए। चालकले कसरी नियन्त्रण गुमाए भन्ने कुरा नखुलेको प्रहरी प्रवक्ता मोहम्मद वकीलले बताए। प्रहरीले उद्धार टोलीलाई घटनास्थलमा पुर्याइएको बताएको छ । लाशहरू स्कार्दु पठाउनका लागि सरकारसँग हेलिकप्टरको अनुरोध गरिएको पनि उनको भनाइ छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
