जनकपुरधाम । जनकपुरधामस्थित जानकी मन्दिरमा बम भएको हल्ला फैलिएपछि प्रहरीले झण्डै एक घण्टाभन्दा बढी समय चेकजाँच गरेको छ।
पूजापाठ तथा दर्शनका लागि आएका श्रद्वालु, मन्दिर परिसरमा रहेका व्यापारीसहित सबैलाई बाहिर निकालेर प्रहरीले एक घण्टासम्म चेकजाँच गरेको हो। धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले मन्दिरभित्र विस्फोटक पदार्थ राखिएको सूचनाको आधारमा चेकजाँच गरिएको बताए।
खनालले प्रहरीका साथै विस्फोटक पदार्थ पत्ता लगाउने कुकुरलाई समेत ल्याई चेकजाँच गरिएको बताए । यद्यपी कतै केही फेला नपरेको उनले बताए। ‘हामीले विस्फोटक पदार्थ राखएको सूचना पाएपछि चेकजाँच गरेका हौं’ नले भने, “तर त्यस्तो केही पनि फेला परेन।’
उनले विस्फोटक पदार्थ फेला नपरेपछि मन्दिर दर्शनका लागि खुल्ला गरिएको बताए । ‘हामीले केही बेर दर्शनार्थीसहितकाई परिसर बाहिर राखेर चेकजाँच गर्यौं र, अहिले पुनः दर्शनका लागि खुल्ला गरेका हौं ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
