ललितपुर । यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका पूर्वसभासद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् ।
पूर्वसभासद घिसिङलाई ५ हजार धरौटीमा रिहा गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
सार्वजनिक यातायातमा एक कलेजमा पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई केही दिनअघि ललितपुर प्रहरीले पक्राउ गरेको थियो ।
घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
