विरामी बोकेको बोलेरो जीप अरुण नदीमा खस्यो

काठमाडौँ । संखुवावासभाको खाँदबारीबाट बिरामी लिएर गएको बोलेरो जीप अरुण नदीमा खस्दा ७ जना बेपत्ता भएका छन्।

मंगलबार राति धर्मदेवी नगरपालिकास्थित अक्करको भीरमा विरामी बोकेको को १ ज ३७४९ नम्बरको गाडी अरुण नदीमा खसेको हो।

Advertisement

गाडिमा चालकसहित करिब ७ जना यात्रु सवार रहेको अनुमान गरिएको छ। उक्त गाडी खसेको हो वा होइन भन्ने बारेमा पुष्टी भने भइनसकेको जिल्ला प्रहरी कार्यालय संखुवावासभाले बताएको छ।

प्रहरीका अनुसार मंगलबार राति करिब सवा १० बजेतिर गाडी खसेको खबर प्राप्त भएको थियो। जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले यतिबेला गाडीको खोजीकार्य भइरहेको जनाएको छ।

रातको समयमा दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन समस्या भइरहेको बताइएको छ। अरुण खोलामा बाढीआएका कारण उनीहरुको खोजीमा समेत समस्या देखिएको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ।

More News last news
Loading...