सत्तारुढ दल समाजवादी पार्टीको चुनाव चिन्ह पञ्जा

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले चुनाव चिन्ह पञ्जा रोजेको छ। तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीबीच एकता गर्दा दुबैको चुनाव चिन्ह नराख्ने सहमति भएको थियो।

समाजवादीको समाल र नयाँ शक्तिको आँखा चुनाव चिन्ह थियो। नयाँ चुनाव चिन्हको खोजीको क्रममा पञ्जामा सहमति जुटेको समाजवादीका एक नेताले बताए।

Advertisement

समाजवादी पार्टी पञ्जा चुनाव चिन्ह माग गर्दै निर्वाचन आयोगमा पत्र समेत पठाएको छ। आयोगले भने निर्णय गर्न बाँकी छ।

More News last news
Loading...