काठमाडौं । सोमबार राातिदेखिको अबिरल बर्षाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्ण रुपमा ठप्प रहेको छ।
मंगलबार बिहान केहीबेर पटक–पटक बन्द र खुला रहँदै आएको विमानस्थलमा अहिले फेरि अवतरण ठप्प भएको हो। जहाज उडान भैरहे पनि अवतरण ४५ मिनेटदेखि रोकिएको विमानस्थलले जनाएको छ ।
विमानस्थलमा अवतरण हुन नसक्दा नेपाल एअरलाइन्स, इन्डिगो, लायन एअरलगायतका विमानले दर्जनौँ पटक काठमाण्डौ आसपासको आकासमा फन्को लगाइरहेका छन् ।
मौसम खराब हुँदा सोलुखुम्बुबाट काठमाण्डौका लागि उडेका ८ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण गरिएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
