राजधानीको खराब मौसमले पाँचखाल र नेपालथोकमा ७ वटा हेलिकप्टरको आकस्मिक अवतरण

काठमाडौं । खराव मौसमका कारण लुक्लाबाट काठमाडौ उडेका ४ वटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् ।

धान खेतमा अवतरण गरिएका हेलिकप्टरका सबै यात्रु सकुशल रहेका छन् । लुक्लाबाट विदेशी पाहुना लिएर काठमाडौ आउँदै गरेका चारवटै हेलिकप्टरमा विदेशी पर्यटकहरु रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार काभ्रेको पाँचखाल नगरपालिका वडा नम्वर २ जोरपाटीमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् भने पाँचखाल नगरपालिका २ कै हर्सेमा अर्को एउटा हेलिकप्टर अवतरण गरेको छ ।अविरल परेको पानी र हुस्सुका कारण लुक्लाबाट उडेका हेलिकप्टर राजधानी जान नसकेका हुन् । मनाङ्ग एयरका दुई वटा, सिम्रिक, कैलाश एयरका ४ वटा हेलिकप्टर पाँचखाल २ जोरपाटी र हर्सेमा आकस्मिक अवतरण गरेका हुन् । त्यस्तै काभ्रे र सिन्धुलीको सिमाना नेपालथोकमा तीन वटा हेलिकप्टर आकस्मिक अवतरण गरेका छन् ।

नेपालथोकमा अवतरण गरिएका सबै हेलिकप्टरमा पर्यटक रहेको प्रहरीले जानकारी दिएको छ । मौषम सुधार भए पछि आकस्मिक अवतरण गरिएका सबै हेलिकप्टरहरु गन्तब्य तर्फ जाने बताईएको छ ।

More News last news
Loading...